मकै खेति गर्दा ध्यान दिनु पर्ने केहि कुराहरुःबिउको छनौट

Shisir Adhikari

Shisir Adhikari

April 23, 2015




Special Promoted

बिउको छनौट

मकै खेति गर्दा पनि कस्तो हावा पानि भएको ठाँउमा खेति गरिदैछ सोहि ठाँउको हावा पानि अनुसार सिफारीस गरिएको मकैको जात लगाउँदा बढी उत्पादन लिन सकिन्छ । जस्तै ः उच्च पहाडका लागि  गणेश–१, गणेश–२ मध्य पहाडका लागि  खुमल पहेलो, मनकामना–१, मनकामना –३, देउती, शितला, मनकामना –४, मनकामना –५, मनकामना –६, पोषिलो मकै–१, अरुण –१ र तराई तथा भित्रि मधेशका लागि  रामपुर कम्पोजिट, अरुण –२, रामपुर हाईब्रिड २ आदी सिफरिस जातहरु हुन । मकै रोप्दा मकैको बिउ भिजाएर रोपेमा बिउ छिटो उम्रने, सबै बिउ उम्रने, माटोमा चिस्यान कम भए पनि उम्रने तथा आबश्यक बोट संख्या कायम भइ उत्पादनमा बृद्धि हुन्छ । यस प्रबिधिमा मकै रोप्नु भन्दा अगाडी १६–१८ घन्टा बिउलाई भिजाउनु पर्दछ र १५–३० मिनेट छायाँ पर्ने ठाउँमा गुन्द्री, नाङ्लो वा मान्द्रोमा फिजाएर पानी तर्काउनु पर्छ र सोहि दिन नै रोप्नु पर्दछ । बिउ भिजाएर रोप्दा किराले खाएका अस्वस्थ बिउहरु पानीमा तैरिएर छुट्टिने हुँदा राम्रो बिउ मात्र छनौट गर्न सजिलो हुन्छ । साथै मकैको बिउ छनौट गर्दा  जातिय शुद्धता, भौतिक शुद्धता, उमारशक्ति, चिस्यान, चमकपन तथा जिवितपन भएको गुणस्तरिय बिउमात्र प्रयोग गर्नु पर्दछ ।


Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz